जिल्ला प्रहरी कार्यालयका मातहतमा रहेको प्रहरी चाैकी मटिअर्वाले एक लाख बराबरको पटका नियन्त्रणमा लिएको बाराका प्रहरीले बताएको छ । बाराका प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी चौकी मटिअर्वा, बाराबाट प्रहरी बरिस्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं.१० मटिअर्वा स्कुल स्थित नम्बर नखुलेको मोटरसाईकल भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटका प्रहरी टोलीलाई देखी फाली मोटरसाईकल लिई मानिस फरार रहेकोले उक्त पटका बारामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको व्यहोरा सुचित गरिएको छ ।