Thursday, October 9, 2025

फेवातालमा हाम फालेकी हीरालाई सुरक्षाकर्मीले बचाएयो:-

ताजा / भरखरै प्राप्त

कास्की जिल्लाका पोखरास्थित फेवातालमा आज बिहान हाम फालेकी एक महिलालाई संयुक्त सुरक्षाकर्मी टोलीले सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार बिहान करिब ५ बजे मकवानपुर घर भई हाल पोखरा–६ लेकसाइड बस्दै आएकी करिब ४५ वर्षीया हीरा नेगी फेवातालमा हाम फालेकी थिइन् ।घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन टोली तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको हो । उद्धारपछि नेगीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (रामघाट) पुर्याइएको छ र उनको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles