Friday, October 10, 2025

सशस्त्र प्रहरी बल नेपाल बाराको तस्करी विरुद्ध कडा प्रहार:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बाराले तस्करी विरुद्ध कडाइसाथ लागि परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बाराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा रहेको सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख भन्दा बढी मूल्यको मोटरसाइकल कपडासहितको सामान बरामद गरिएको सशस्त्र प्रहरी बाराले जनाएको छ । पक्राउ परेका तस्करी समान जिल्ला बारा फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा बरामद गरिएको सामानमध्ये ९५० मिटर कपडा र १,३८० मिटर सुरूवाल–कुर्ता रहेको सशस्त्र प्रहरी बाराले बताउँछन् । उक्त सामानको मूल्य करिब रु. १५ लाख १५ हजार ८१० रहेको सशस्त्र प्रहरीले बताउँछन् । सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेका तस्करीको सामान आवश्यक प्रक्रिया पूरा गरी पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको एसपी केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles