Thursday, October 9, 2025

सशस्त्र प्रहरीद्वारा बाँकेमा अवैध औषधी बरामद:-

ताजा / भरखरै प्राप्त

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१८, लगदहवा क्षेत्रबाट २३ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध औषधी बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ ।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको “BN–ALCO DROPS” नामक औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (BOP) जयसपुरबाट खटिएका सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
उक्त टोलीको कमाण्ड सशस्त्र प्रहरी निरीक्षक आवेश पुनले गरेका थियो । बरामद औषधीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जमुनाहा भन्सार कार्यालय, नेपालगञ्जमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पुनले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles