Tuesday, September 16, 2025

विष्फोटक पदार्थका योजनाकार हकिमअलि प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

कपिलवस्तु प्रहरीले विष्फोटक पदार्थ (बम) राख्ने योजनामा संलग्न रहेको हकिम अली पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार २०८२ साल जेठ १७ गते बिहान अन्दाजी ६ः२० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडी स्थित नवीनकुमार श्रीवास्तवको घरअगाडि पानीको ट्यांकी पसलको खाटमुनि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो” घटनापछि अनुसन्धान गर्दा सो कार्यमा संलग्न भएको आशंकामा फरार रहेका योजनाकारलाई कपिलवस्तुका प्रहरीले पक्राउ गरेको
जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles