


मोहम्मद दिवसको अवसरमा आज धनुषा जिल्लाको जनकपुरधाममा मुस्लिम समुदायहरू द्वारा हजरत मोहम्मद मुस्तफा सल्ल अलाहु अलैहि व सल्लम को १५०० औं शुभ जन्मउत्सव को मुबारकको अवसरमा हिन्दू मुस्लिम दुवै समुदाय मिलेर बृहत रक्तदान कार्यक्रम गरी दुई समुदाय को बीच भाइचाराको मिसाल कायम गरेको छ । सो कार्यक्रममा धनुषा जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मी लगायत जनकपुरधामका स्थानीयहरूको व्यापक उपस्थिति रहेको थियो ।