यहाँको खानेपानी संकट समाधानका लागि संघीय, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै युद्धस्तरमा काम भइरहेको छ।
तर, यसैबीच झाडापखाला र हैजाको समस्या देखा पर्यो। म बारम्बार जनताबीच गई समस्या सुन्ने, बुझ्ने र समाधानका लागि सक्रिय बनेँ।
गत साता एउटा अज्ञात महिलाबाट आएको फोनमा धम्कीपूर्ण कुरा सुन्नुपर्यो। म जनताको पीरमर्का बुझ्ने अभिप्रायले प्रत्येक कल सम्भव भएसम्म उठाउने गर्छु । तर धम्की दिने जस्ता काम स्वीकार्य हुँदैन।
मसँग कुनै व्यक्तिगत पूर्वाग्रह छैन । तर झूटो अफवाह फैलाउनु र धम्की दिनु लोकतान्त्रिक अभ्यास होइन। यस विषयमा प्रहरी अनुसन्धान अघि बढिरहेको छ ।
लोकतन्त्रमा जनतालाई गुनासो पोख्ने अधिकार छ, तर अराजकता फैलाउने छुट कसैलाई दिइँदैन। हामी सबैले विधि र न्यायमा विश्वास गर्नुपर्छ । – मंत्री प्रदीप यादव ।
सभार