मधेस प्रदेशका जिल्लाहरुका दुईवटा एसपीहरू मिलाउँछु भन्दै कारोबारीहरू कहाँ दलाली तस्करहरूसँग मिलेर तस्करी गराएको भेटिएपछि, सशस्त्र प्रहरी बल मुख्यालयले राैतहट र बारामा कार्यरत रहेको सशस्त्र प्रहरीका हवलदार, जवान, सई, निरीक्षक र डिएसपीसम्मलाई जिम्मेवारीबाट हटायो भने अन्य अनुसन्धान पनि गरिरहेको सुनिन्छ । हाजिर भएको एक महिना बित्न नपाउँदै जिम्मेवारीबाट खोसिएका दबचामा धेरै रहेका छन्। सशस्त्र प्रहरीले यस्तो कारबाही गरे पनि नेपाल प्रहरीले भने त्यस्तो केही कसैलाई कारबाही गरेको छैन । विगतको तुलनामान राैतहट र बारामा दुई साता देखि ठूलो तस्करी धन्दा चलेको त छैन । कारण नेपालतिर कडा भएर होइन कि भारतीय सीमा सुरक्षा बल एसएसबीले नै सीमावर्ती क्षेत्रमा कडा गरेको कारण ठूलो मात्रामा तस्करी चलेको छैन । तर पनि म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एसपीलाई लाइन मिलाई दिन्छु र तस्करी गर्ने वातावरण मिलाई दिन्छु भन्दै केही दलालहरूले कारोबारीहरू कहाँ पुग्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा र सशस्त्र प्रहरी बल नेपालको १२ नम्बर स्थित गणमा गएर एसपीसँग फोटो खिचाउने अनि त्यही फोटो कारोबारीहरूलाई देखाएर एसपीहरूसँग मेरो राम्रो सम्बन्ध छ, भन्दै तस्करीको लाइन मिलाई दिन्छु भन्दै लाखौं, हजारसम्म रकम माग्ने दलाल सक्रिय भएका छन् । मुख्य कारोबारीहरुसँग मात्रै होइन, उनीहरूको सामान क्यारिङ गर्ने कामदारहरूसँग समेत रकम मागेर दलालले हैरान बनाउन थालेका छन्। यस्ता दलालहरुलाई एसपी तहमा पुगेका हाकिमहरूले पनि किन भेट दिने र फोटो खिचाउँदा हुन् ? यस्ता दलालहरूलाई त कार्यालय प्रवेशमै रोक लगाएको भए हुन्थ्यो नि ?
दलालहरुद्वारा पीडित भएको कारोबारीहरू बताउँछन् ।