Sunday, September 14, 2025

बारामा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती:-

ताजा / भरखरै प्राप्त

बाराजिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई निकै समस्या भइरहेको स्थानीयले बताउँछन् ।

कार्यालयले टोकन प्रणाली लागू गरे पनि कहिले सर्भर डाउन हुने त कहिले कर्मचारी नभेटिने समस्याले सेवाग्राही दिनदिनै धाउन बाध्य भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरका परमानन्द गिरी राष्ट्रिय परिचयपत्र बनाउन ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय बारामा धाइरहनुभएको छ, तर विभागबाट नै सर्भर डाउन भएका कारण उहाँको काम भएको छैन ।
त्यस्तै करैयामाई गाउँपालिका लौतनका कोरैशा खातुन आफ्नो बिरामी श्रीमानलाई घरमै छाडेर ४ दिनदेखि परिचयपत्र बनाउन लाइनमा हुनुहुन्छ तर सर्भर नचल्दा उहाँको पनि काम हुन सकेको छैन । सेवाग्राहीको भनाईं टोकन प्रणाली लागू गरे पनि केन्द्रबाटै सर्भर नचलेपछि दिनभर लाइनमा बसेका सेवाग्राही खाली हात फर्कन बाध्य भएका छन् । दैनिक सयौंको संख्यामा आउने सेवाग्राहीमध्ये आधाजति राष्ट्रिय परिचयपत्र बनाउने हुन्छन् ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र शाखामा अहिले भिडभाड बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउँदा स्वयंले फोटो खिचाउनुपर्ने, बायोमेट्रिक गर्नुपर्ने बाध्यताले ज्येष्ठ नागरिक, अशक्त मारमा परेका छन् । गर्मीकै बीचमा दिनभर लाइनमा बस्दा सेवाग्राहीहरूलाई समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारीले भने प्राविधिक समस्या र कर्मचारीको अभावका कारण समस्या उत्पन्न भएको र यसलाई व्यवस्थित बनाउन लागिपरेको बताउनु भएको छ । नागरिकलाई अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र जस्तो सेवामा निरन्तर समस्या आउँदा पनि विभागले ठोस समाधान दिन नसक्दा सेवाग्राही निराश बनेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles