





पर्साका वीरगञ्जा आज शुक्रवार मुस्लिम धर्मावलम्बीहरूले इस्लाम धर्मका हजरत मोहम्मद पैगम्बर सल्लल्लाह अलैहेवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) हर्षोल्लासका साथ मनाईको छ।
वीरगञ्जसहित देशका विभिन्न स्थानहरुमा पनि मुस्लिम समुदायले विभिन्न धार्मिक कार्यक्रम र जुलुसको आयोजना गरी आजको पवित्र दिनलाई विशेष रूपमा स्मरण गरेका छन् । मधेस प्रदेश सरकारले मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा पनि घोषणा गरेको छ ।
इस्लामी पात्रो हिजरी संवत्को रब्बीअव्वल महिनाको १२ औँ दिनमा साउदी अरबको मक्कामा हजरत मोहम्मदको जन्म बिबि आमिना खातुनको कोखबाट जन्म भएको थियो,। उनको जीवनकाल ६३ वर्षको रह्यो र उनको निधन साउदी अरबकै मदिनामा भएको बताइएको छ ।
इस्लाम धर्मका अनुभवीयहरूले हजरत मोहम्मदलाई शान्तिका दूत र भाइचाराको सन्देशवाहकका रूपमा सम्मान गर्छन् । उनले विश्वमा शान्ति, समानता र एकताको सन्देश फैलाएका थिए, जुन आज पनि मुस्लिम समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।मोहम्मद डेको अवसरमा आज वीरगञ्जमा विभिन्न टोलका समुदायबाट जुलुस निकालिएको थियो । छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरीलगायतका क्षेत्रबाट सुरु भएको जुलुशले नगर परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर समापन गरेको थियो । जुलुसमा सहभागीहरूले हजरत मोहम्मदको सम्मानमा नाअत शरिफ (धार्मिक भजन) वाचन गरेका थिए भने शान्ति र भाइचाराको सन्देश बोकेका प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरेका थिए ।स्थानीय मस्जिदहरूमा पनि विशेष प्रार्थना सभाहरू आयोजना गरिएको छ, र शोभाको यात्रामा मुस्लिम समुदायका सबै उमेर समूहका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । मोहम्मद डे विश्वभरका मुस्लिम समुदायहरूले विभिन्न रूपमा मनाउने गर्छन् ।
विभिन्न देशका मुस्लिम समुदायहरुले मोहम्मद डेको दिनलाई विशेष धार्मिक र सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन् ।
हजरत मोहम्मदको शिक्षाले दिएको शान्ति, समानता, र सामाजिक न्यायको सन्देशले विश्वमा बढ्दो ध्रुवीकरण र असहिष्णुतालाई कम गर्न प्रेरणा दिन्छ । वीरगञ्जका स्थानीय बासिन्दा मोहम्मद अन्सारी भन्छन्, “हजरत मोहम्मदले हामीलाई सधैँ असल काम गर्न र एक-अर्कालाई माया गर्न सिकाए हो । मोहम्मद डेको दिन हामीलाई उनको बाटोमा हिँड्ने प्रेरणा होस् ।