





पर्साका वीरगन्ज महानगरमा मोहम्मद डे (ईद-ए-मिलादुन्नबी) को अवसरमा मुस्लिम समुदायहरुले धूमधामका साथ जुलुस निकालेका छन् । नबी हजरत मोहम्मद (स.अ.व.) को जन्मदिनको स्मरणमा आयोजित यस जुलुसमा हजारौं श्रद्धालु भक्त जनहरुको सहभागीता रहेको थियो ।
हजरत मुहम्मद (स.अ.व.) को जीवन र शिक्षालाई स्मरण गर्दै, “सबैभन्दा उत्तम मानिस त्यो हो जसले अरूलाई सबैभन्दा बढी फाइदा पुर्याउँछ।
हामीमध्ये कोही पूर्ण ईमानदार तबसम्म हुँदैन, जबसम्म ऊ आफ्ना भाइका लागि पनि त्यही कुरा चाहँदैन जुन आफैंका लागि चाहन्छ।”
साँचो मुसलमान त्यो हो जसको मुख र हातबाट अरू मानिस सुरक्षित हुन्छन् ।
ईद–ए–मिलादुन्नबीलाई केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता, करुणा र आपसी सद्भाव माध्यमको रूपमा लिनु पर्छ । सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति, सद्भाव र भ्रातृत्वको भावना बोकेर अघि बढ्नु पर्छ ।