Sunday, September 14, 2025

सामाजिक सञ्जाल बन्द हुँदा नेपाल भित्रिने वार्षिक २० अर्ब रोकिने, ३ अर्बको विज्ञापन बजार र राजस्वमा समेत असरविदेशी मिडियामा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशका रुपमा चर्चासुदिल पोखरेल ।

ताजा / भरखरै प्राप्त

काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जालहरू चल्न छाडेसँगै नेपाल भित्रने वार्षिक २० अर्ब बराबरको रकम प्रभावित हुने भएको छ । यसबाट साढे तीन अर्बको विज्ञापन बजार र राज्यको राजस्व पनि प्रभावित हुनेछ । आन्तरिक राजस्व विभागका अनुसार दर्ता नभएका कारण सञ्चालनमा रोक लगाएका २० वटा सामाजिक सञ्जालबाट नेपालमा अहिलेसम्म ९३ करोड राजस्व प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि फेसबुक, गुगल तथा अमेजनले नेपाललाई कर तिरिरहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै पनि यस्ता सञ्जालबाट राज्यलाई ४२ करोड मूल्यअभिवृद्धि कर र ४ करोड ९० लाख डिजिटल सेवा कर प्राप्त भएको थियो ।
जुन तीन वर्षमा प्रत्येक वर्ष बढ्दै गएको थियो । अब यी सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइएपछि राजस्वमा नै प्रभाव पार्ने देखिएको छ । विज्ञापन एजेन्सीहरूका अनुसार नेपालबाट औपचारिक रूपमा यस्ता सामाजिक सञ्जालबाट साढे तीन अर्ब बराबरको रकम बाहिरिने गरेको छ ।
फेसबुकलगायतका अन्य सामाजिक सञ्जालमा गरेको बिज्ञापनबाट यस्तो रकम बाहिरिने गरेको थियो । त्यस्तै यूट्युब जस्ता डिजिटल प्ल्याटर्फमबाट भने कन्टेन्ट क्रियटर तथा अन्यले २० अर्ब बराबरको रकम प्राप्त गर्ने गरेका थिए ।
स-साना स्टार्ट अपहरूले यस्ता सामाजिक सञ्जालबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकोमा त्यो पनि प्रभावित हुने देखिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन बुस्ट गर्नेभन्दा पनि कन्टेन्ट क्रियटहरहरुमा लगानी गर्ने क्रम बढ्दै गएको थियो ।
आन्तरिकरूपमा नै यसरी लगानी गर्दा स्वदेशमै रकम बस्ने भएको थियो । तर सामाजिक सञ्जालको रोकले यो चक्र नै प्रभावित भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles