काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि (भदौ २४ गते) बन्द हुने भएको जनाइएको छ । आज सोमबार जेन-जीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय सञ्चालकहरूले एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
साना तथा ठूला विद्यालयहरूले भोली मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।
सोमबारको प्रदर्शनमा परी साँझसम्म २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ, भने तीन सयौं प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनमा केही विद्यालयका विद्यार्थीसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू समेत सहभागी रहेको थियि ।