नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर सामाजिक संजाल पूर्ववत संचालनमा ल्याउनुको लागि निर्णय गर्न आग्रह गरेका छन् ।
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेलगत्तै देउवाले ओलीलाई फोन गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।