


नेपाली सेनाले आज विहान १० बजेसम्म काठमाडौँलगायत देशका विभिन्न स्थानहरुबाट २७ जनालाई पक्राउ गरिएको र गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार बरामद गरिएको जनाएको छ । यसका साथै काठमाडौंका विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाले जनाएको छ । यस्तै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको नेपाली सेनाले जनाइएको छ ।ा


