




जब प्रहरीलाई कुटेर, अपमान गरेर, पोशाकलाई उपहासको विषय बनाइन्छ , त्यस क्षणमा केवल प्रहरी मात्र होइन, उहाँहरूको आमाको काख र परिवारको सपना समेत चिरिन्छ।
आमाले गर्व गरेर पठाएको छोरा–छोरी, दिदीबहिनीले आसा राखेको भाइ, श्रीमतीले जीवनसाथी ठानेको मान्छे—यिनै प्रहरी हुन्।
सोच्नुस्, भोलि अपराधीले हाम्रो घरको ढोका तोड्दा, आमाको आँसु बगाउँदा, दिदीबहिनीमाथि दुर्व्यवहार गर्दा, हामी सबैको जीवन असुरक्षित हुँदा, त्यही प्रहरीलाई खोज्ने नै,हो हैन र ?
के प्रहरी सधैँ बलिदानी मात्र दिने हो ?
के प्रहरी सधैँ उपहासको पात्र मात्र बन्ने ?
अब समय आएको छ प्रहरीलाई बलियो बनाउने।
प्रहरी व्यक्ति होइनन्,
यो संस्था हो।
यो संगठन हो।
यो नै हाम्रो राज्य हो।
प्रहरी बलियो हुँदा हाम्रो समाज सुरक्षित हुन्छ, कानुन बलियो हुन्छ, अनि हामी सबै बलिया हुन्छौँ।
म एक नेपाली नागरिक, मेरो माया प्रहरीप्रति हुन पर्छ ।
कसैले नदेखे पनि उहाँहरूको बलिदान देख्छु।
कसैले नबुझ्दा पनि उहाँहरूको पीडा बुझ्छु।
र विश्वास गर्छु—देश र जनताको सेवामा प्रहरी सधैँ आफ्नो प्राण आहुति दिन तयार हुन्छ ।
( जय देश )
( जय नेपाल)