


शीतल निवास परिसरमा आज शुक्रबार बिहानदेखि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ। सम्भावित भीड नियन्त्रण तथा आकस्मिक परिस्थिति व्यवस्थापनका लागि नेपाली सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा घेरा बलियो बनाएको बताइएको छ ।
राष्ट्रपति निवास वरपरको क्षेत्रमा आज दिनभर उच्च सतर्कता अपनाइएको बताइएको छ । सुरक्षाकर्मीहरूले प्रवेशद्वारमा आवत–जावत गर्ने व्यक्तिहरूको कडाइका साथ चेकजाँच गरिरहेका छन् । भने विशेषगरी प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिलाई मध्यनजर गर्दै त्रिपक्षीय सुरक्षा संयन्त्र परिचालन गरिएको जनाइएको छ ।
आज दिउँसो प्रधानमन्त्रीको नाम घोषणा हुने प्रबल सम्भावना रहेको स्रोतहरूले जनाएका छन् । संविधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । र राष्ट्रपतिबाट सुशिला कार्कीलाई प्रधानमन्त्रीको रूपमा घोषणा गर्नेबारे छलफल भइरहेको बताइएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री पदमा नियुक्तिका लागि सुशिला कार्कीको नामलाई व्यापक सहमति जुटाउन दलहरूबीच निरन्तर छलफल भइरहेको बताइन्छ ।
यसै कारण शीतल निवास अगाडि असामान्य सुरक्षा व्यवस्था गरिएको हो।
यसबीच, सर्वसाधारणले भने आगामी राजनीतिक घटनाक्रमप्रति चासोका साथ प्रतीक्षा गरिरहेका छन् । सुरक्षा व्यवस्थाका कारण क्षेत्र वरिपरिको यातायात प्रभावित भएको छ,
भने आम नागरिकलाई प्रवेशमा कठिनाइ भएको बताइन्छ ।