



नेपालको अस्थिरताको फाइदा उठाएर भारत छिर्न खोज्नेहरुलाई कारबाही गर्ने बताइएको छ ।
नेपालमा देखिएको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनलाई ध्यानमा राखेर नेपाल-भारतको सिमाना जोडिएका जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको बिहार प्रहरीले जनाएको छ ।नेपाल–भारत सिमानामा मानिसहरूप्रति निगरानी गर्नुका साथै उच्च सुरक्षा सतर्कता अपनाइएको बिहार प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बताएका
छन् ।
नेपालको अस्थिरस्थितिलाई ध्यानमा राख्दै नेपालसँग सिमाना जोडिएका बिहारका ७ जिल्लाहरूमा सुरक्षा सतर्कता अपनाइएको अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णज्यूले बताएका छन् ।
प्रहरी मुख्यालयका अतिरिक्त निर्देशक जनरल कुंदन कृष्णले बिहार राज्य प्रहरी र एसएसबीले सीमामा कडा निगरानी राखेको बताएका छन् । उनले सीमा बिन्दुमा मानिसहरूको गहन निगरानी र प्रमाणीकरण भइरहेको बताएका छन् ।
नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाएर अपराधको प्रवृत्ति बढ्ने र शान्ति सुरक्षामा खलल गर्ने सम्भावनालाई ध्यानमा राखेर एसएसबी र बिहार पुलिसले सुरक्षा सतर्कता अपनाएको बताएका छन् ।
नेपालबाट भागेर जान खोज्ने अपराधिक व्यक्तिहरूलाई सिमानामा पक्राउ गर्ने रणनीति अपनाएको एसएसबी बल र बिहार पुलिसले सिमा नाकामा कडाइसाथ चेक जाचमा कडाइ गरेको छ ।