जेएनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमा नाकाबाट भारति एसएसबीले नियन्त्रणमा लिएको जनाइएको छ ।
जेएनजीको आन्दोलनका क्रममा कारागार कार्यालय जलेश्वर र बाल सुधार गृह विर्ता पर्साबाट भागेका मध्य तीनजनालाई नेपाल भारत सीमाबाट भारतीय प्रहरीको सहयोगमा तीयन्त्रणमा लिउको सिरहाका प्रहरी पासवानले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी विरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले नेपाल भारत सीमाबाट भारतीय सिमाका एसएसबी प्रहरीको सहयोगमा जलेश्वर कारागारबाट भागेको बन्दी
२६ वर्षिय रुपेश कुमार वैदारलाई नियन्त्रणमा लिएको जनाएका छन् । उनी लागूऔषध र हातहतियार खरखजनामा पूर्पक्षका लागि जलेश्वर गारागारमा रहेका थिए।
बाल सुधार गृह, विर्ता पर्साबाट भागेका बाल बिज्याईकर्ता १४ वर्षिय मोहम्मद सद्दाम अन्सारी र १५ वर्षिय मोहम्मद सहमदलाई पक्राउ गरी सम्वन्धित कार्यालयमा पठाउन समन्वय गरिरहेको प्रहरीले बताएको छ।
उनीहरु जवरजस्ती करणी र कर्तव्य ज्यानमुद्दामा कारागारमा रहका थिए ।