Sunday, September 14, 2025

पुर्व प्रहरीबाट गृहमन्त्री बनाउनु अहिलेको अवस्थामा सही निर्णय———-बसन्त कुँवर

ताजा / भरखरै प्राप्त

अन्तरिम कालका गृहमन्त्रीमा सम्भावित एक नाम पुर्व डिआइजिपी रमेश खरेल साभको पनि आएको छ। मलाई यो पढेर, सुनेर अति खुसी लाग्यो।

यस विकट परिस्थितिमा पुर्व प्रहरीहरूबाट गृहमन्त्री छनोट हुनु सरकारको सही निर्णय हुनेछ र पुर्व प्रहरीबाट गृहमन्त्री बने देशभरिका करिब ५० हजार पुर्व प्रहरीबाट पूर्ण साथ पनि दिइनेछ।

अहिलेकै समयमा शान्ति सुरक्षाको गतिलो योजना बनाई लागू गर्न र उच्च तहका प्रहरीहरूबाट विगतमा भएजस्तै शासकलाई नै भ्रममा पार्ने र शासकलाई नै धन कमाउन सहयोग गर्ने परम्परा रोक्न पनि पुर्व प्रहरीबाट मन्त्री छान्दा हालको सरकारलाई मद्दत मिल्नेछ।

छोटै समयका लागि होला, तर पुर्व प्रहरीहरू मन्त्री बने, प्रहरी संगठनमा आमूल परिवर्तन हुन सक्छ। अरु बाहिरकालाई त प्रहरीले नै घुमाइदिएको देखियो।

यदि पुर्व प्रहरीहरूबाट गृहमन्त्री छनोट गरिए, नेपाल पुर्व प्रहरी संगठनले स्वागत गर्ने मात्र होइन, वहाँलाई सफल बनाउन समेत पूर्ण रूपमा साथ दिनेछ। १००% साथ।

रमेश साबलाई शुभकामना। पुर्व प्रहरीबाट गृहमन्त्री बनाउने चर्चासम्म चल्नु पनि पुर्व समूहका लागि खुशी र गौरवको कुरा हो।

पदाधिकारी
नेपाल पुर्व प्रहरी संगठन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles