प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाइएको छ ।
उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जेनजी आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भए पनि ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसकेको जानकारी दिएनु भएको हो ।
सडकका डिभाइडर, ट्राफिक बत्ती, सिसिटिभीमा समेत क्षति पुगेको उनले बताएका छन् । उनले तत्कालका लागि सवारी आवागमनमा समस्या हुने देखिएका कारण पहिले भन्दा बढी संख्यामा ट्राफिक प्रहरी खटाइएको उल्लेख गरेका छन् । अधिकारीले सवारी चालकहरूले ट्राफिक नियम पालना गरे थप सहज हुने जिकिर पनि गरे ।
आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुनुका साथै बाहिर रहेका सवारी साधन समेत जलेर ध्वस्त भएका छन् ।