


जेनजी आन्दोलन क्रममामा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट भएका कारण अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन् ।
लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले उच्च मनोबल सहित बिना बर्दीको नागरिकहरुको सेवामा खटिएका छन् प्रहरी । उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएको देखिएको छ ।
यस्तै उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले पनि ज्यान गुमाउनु परेका छन् ।