काठमाडौंमा जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कोटेश्वरस्थित नरेफाँट प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।‘कोटदेवी विध्यानगर समाज सुधार समिति’को संयोजनमा पुनःस्थापना कार्य सम्पन्न भएको छ ।
स्थापना समितिका संयोजक देव चौलागाईंका अनुसार स्थानीय समाजको सक्रिय पहलमा चौकीलाई पुनः सञ्चालनमा ल्याइएको बताइएको छ ।