Friday, September 19, 2025

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी कारागार फर्किए:-

ताजा / भरखरै प्राप्त

कारागार कैलालीबाट भागेका २२६ जना कैदीबन्दीहरु कैलाली कारागारमा फर्किएका छन् । गत भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिएका छन् ।
जेनजी प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेकोमा २२६ जना कैदीहरु फर्केका छन् । अझैँ ४४१ जना कैदीबन्दीहरु कारागार बाहिर रहेको कारागारका प्रमुख सापकोटाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles