Thursday, October 9, 2025

तराईमा मेला-उत्सव, पहाडमा घरधुरी:किन फरक पर्‍यो विश्वकर्मा पूजाको चलन?

ताजा / भरखरै प्राप्त

हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई पर्वका रुपमा मनाउने धार्मिक परम्परा छ । कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गरेको प्रथम दिनमा विश्वकर्माको विधिवत् पूजा तथा आराधना गरी मनाउने गरिन्छ ।

विश्वकर्मा पूजा अर्थात् हातहतियार तथा मेसिनरी सामानको प्रमुख देवता विश्वकर्माको पूजा–आराधना गर्ने दिन भनि बुझ्ने गरिन्छ ।भगवान् विश्वकर्माले देवताका लागि हतियार, भवन र मन्दिर बनाएका थिए । विश्वकर्माले ब्रह्मालाई ब्रह्माण्डको सृष्टिमा सहयोग गरेकाले उनको पूजा गर्ने चलन रहेको पण्डित विदुर लोचन न्यौपानेले बताए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सम्पूर्ण विश्वका जति नि कलकारखाना, देवलिपि शैलीमा मन्दिर बनाएको र विश्वकर्मा भगवानको सिद्धि अति प्रसन्नता रहेकाले भगवानकै रुपमा विश्वकर्मालाई मानिने गरेको बताए । विश्वकर्मा विश्वकर्मा साक्षात भगवानकै रुप मानिएको छ ।इन्द्रजात्राको पनि महत्व धेरै नै प्राचीन कालदेखि चल्दै आइरहेको छ । प्राचीनकाल सभ्यताले मानिएका कुराहरु गर्नु नै हाम्रो धर्म हो । वेद विपरीत यदि कसैले कर्म गर्दछ वा नियम विपरित कसैले कर्म गर्दछ भने त्यसलाई अधर्म वा पाप लाग्ने विश्वास गरिन्छ ।

सम्पूर्ण बिश्वका जतिपनि कल कारखाना, देवलिपि शैलीमा मन्दिरहरु बनाइएको छ त्यो विश्वकर्मा भगवानको सिद्धि वा प्रसन्नताका लागि हो भनिएको छ । त्यसैले भगवानकै रुपमा विश्वकर्मालाई मानिन्छ । यस दिन कसैले पूजापाठ, भजन किर्तन गर्दछ भने त्यसको मनको इच्छाहरु पुर्ण हुन्छ भन्ने बिश्वास छ ।

पूजा विधि पूजाको विधिमा विश्वकर्मा बाबाको फोटो राखिन्छ र त्यहाँ सजाइन्छ । त्यहाँ दियो, कलश, गणेश, खडा गरेर विधि आरम्भ गरिन्छ ।
धुपम् दिपम् नैवेध्यम, शुद्ध चिजहरु भगवानलाई अर्पण गरिन्छ ।
नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles