Thursday, October 9, 2025

गौर भन्सारको बदमासीलिलामी गरिएको स्क्रेपको सवारीसाधन कवाड नै नपारी सिधै ट्रकमा लोडरौतहट।

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको गौर भन्सारबाट लिलामी गरिएको स्क्रेपका मोटरसाइकल ठेकेदारले सिधै लग्ने त्यारीमा रहेको तथ्य बाहिरिएको हो। गौर भन्सारले गत भदौ १७ गते लिलाम गरिएको १६४ पिस स्क्रेपका मोटरसाइकल,स्कुटर १ थान,जिप १ थान,कार २ थान र अटो ३ थान गरुडाका गजराज ट्रेडर्सले स्क्रेपका गाडीहरु लिलाम सकार गरेका थिए। करिब २५ लाख ११ हजारमा सकार गरेको स्क्रेपको गाडीहरु ठेकेदारलाई घाटा लागि रहेकोले भन्सारको सेटिङ्गमा पत्रु/कवाड नै नपारी सिधै ट्रकमा लोर्ड गरि रहेको तथ्य बाहिरिएको हो। यातायात व्यवस्था कार्यालयमा दर्ता पत्रु कवाडी (स्क्राप) मा लिलाम बिक्रि गरिएका सवारी तथा ढुवानी साधनहरू लिलाम सकार कर्ताले उठाई लैजानु अगाडी न ै आफ्‌नो खर्चमा प्रत्येका साधनहरूको चेसिस र इन्जिन नम्बरहरू रद्द गरि टुक्रा परि पत्रु/कवाडीको रूपमा उक्त साधनहरू उठाई लैजानु पर्ने प्रवधान रहेको हुँदा पनि भन्सार कार्यालय मौन देख्नु माथि प्रशन उठेका छन्।जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरि बर्षौं देखि भन्सार दाखिला गरेको सवारीसाधन गत भदौ १७ गते लिलाम गरेको थियो । गौर भन्सार लिलामी प्रकृयामा रहेको १६४ पिस स्क्रेपको मोटरसाइकल,१ थान स्कुटर,१ थान जिप,२ थान कार, ३ थान अटोको मुल्यांकन ९ लाख ८४ हजार १ सय २ रुपैयाँ तोकेको थियो। भने ठेकेदारले उक्त स्क्रेपका चारपाङ्गे, तीन पाङ्गे र मोटरसाइकल लिलाम प्रकृयामा जाँदा गजराज ट्रेडर्स गरुडाले करिब २५ लाख ११ हजारमा सकार गरेका थिए। सबैभन्दा बढी स्क्रेपको लिलाम बोलपत्रमा उलेख रहेकोले उक्त ट्रेडर्सलाई लिलाम परेको थियो। लिलामका सवारीसाधन अहिले ठेकेदारले आन्तरिक सेटिङ्गमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नंबर र चेचिस नकाटि पत्रु /कवाड नबनाई सिधै ट्रकमा लोड गरि अन्तय ठाउँमा लग्ने त्यारीमा रहेको तथ्य बाहिरिएको हो। सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन यातायात ब्यवस्था कार्यालयले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप,पत्रु,कवाड नै नगरि सिधै ट्रकमा लोर्ड गरि अन्तय ठाउँमा स्टोर गरी पुणः पुरानै सवारी धनीलाई बेच्ने मनसाय रहेको स्थानीयले आरोप लगाएका छन्। उक्त स्क्रप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी रहेता पनि ठेकेदारलाई अहिले रजगज
भएका छन् ।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles