काठमाडौंमा गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न रहेको तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडाा उपमहानगरपालिका- ५ का १८ वर्षीय अगम प्रजा रहेका छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।