
नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी)विश्व राज खड्काको बिदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा यस कार्यालयको निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले फूल माला, खादा र मायाको चिनो प्रदान गरी नयाँ कार्य क्षेत्र सफल र शुभ रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । बिदाइ कार्यक्रममा सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत अन्य दर्जाका प्रहरी कर्मचारीहरुले आगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।