Thursday, October 9, 2025

राैतहट प्रहरीद्वारा लागु औषध गाँजा ३३४ केजी बतामद:-

ताजा / भरखरै प्राप्त

राैतहट प्रहरीले ठुलो मात्रामा लागु औषध गाँजा ३३४ केजी मोतिपुरबाट बरामद गरेको राैतहट प्रहरीले जनाएको छ ।

राैतहट जिल्ला प्रहरीकार्यालयका मातहतमा रहेको प्रहरी चाैकी रामपुरखापका प्रहरीले रातिको समयमा गस्ती गर्दै जादा उक्त गाँजा फेला परेको हो ।
प्रहरी चौकी रामपुरखापबाट असई. अमोद साफीको कमान्डमा खटिएको गस्ती टोलीले इशनाथ नगरपालिका वडा नम्बर ८ मोतिपुर सडक खण्डबाट लागु औषध गाँजा करिब ३३४ केजी गाडीसहित नियन्त्रणमा लिएको राैतहट प्रहरीले जनाएको छ । मोतिपुरबाट जटहरातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी बोकेको पिकअप गाडीका चालक प्रहरीलाई देखेर फरार भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles