




चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरुबाट व्यापारीहरुले च्याङ्ग्रा पोखरा ल्याएका हुन् । पोखरामा हरेक वर्ष दशैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् । यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ । खसी, बोका, राँगाको तुलनामा महंगो भएपनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।