
मकवानपुर जिल्लाको हेटौंडामा यात्रुबाहक बस, ट्रक र ट्याङकर ठोक्किँदा ३१ जना घाइते भएका छन् । आज सोमबार दिउँसो करिब १:२० बजेको समयमा चितवनबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किँदा बस अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको जनाइएको छ ।
उक्त ट्रक पुनः अनियन्त्रित भई काठमाडौंबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङकरमा ठोक्किँदा तीनवटा सवारीसाधन एक आपसमा दुर्घटनाग्रस्त भएका छन् ।