Thursday, October 9, 2025

कारागारबाट भागेका ज्यान मुद्दाका कैदी पर्साबाट पक्राउ:-

ताजा / भरखरै प्राप्त

जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेका एक जना कैदीबन्दी पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् ।
आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका मुक्तिनारायण कुर्मी कारागारबाट भागेकोमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साको टोलीले पक्राउ गरेको पोखरीयाका प्रहरीले जनाएको छ ।
भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का कुर्मीलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles