
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकलाई मंगलवार स्वागत तथा “फेरी भेटौला” कार्यक्रम सम्पन्न गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०८२।०५।३१ गतेको पत्रले यस कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक गौतम मिश्रज्यूको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा,धनगढी कैलाली सरुवा भएको हुँदा फुलमाला सहित फेरी भेटौला कार्यक्रम गरिएको त्यसैगरी सोही मितिको पत्रले यस कार्यालयमा सरुवा भई कार्यालय प्रमुखको रुपमा हाजिर हुन आउनु भएका प्रहरी उपरीक्षक सुदिप राज पाठकज्यू र प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतज्यूलाई यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत कार्यक्रम सम्पन्न गरिएको ।