मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नेपाली कांग्रेस बन्दै, मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादव बन्ने भएका छन् ।
मधेस सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेपछि यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेस,एमाले,जनमत र लाेसपाबिच सहमति भएको स्रोतले जनाएको हो।
जनमत दलका नेता महेश यादवका अनुसार चारवटै दलबीच सहमति बनिसकेको छ, र प्रदेश प्रमुख जनकपुर फर्किएलगत्तै बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणका लागि पत्र पेश गर्ने तयारी गरेको छ । मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ जना सांसदको बहुमत आवश्यक हुनुपर्छ ।
नयाँ समीकरणमा रहेका दलहरूसँग सहज बहुमत रहेको छ । नेपाली कांग्रेसका २२ सांसद, नेकपा एमालेका २४ सांसद (सभामुखसहित एक जना निलम्बनबाहेक), जनमत पार्टीका १३ सांसद, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ८ सांसद (एक जना निलम्बनबाहेक) रहेको जनाइएको छ । यो संख्या जोड्दा नयाँ गठबन्धनसँग ६७ सांसदको स्पष्ट बहुमत पुग्ने देखिन्छ, जुन सरकार बनाउन पर्याप्त रहेको छ । यद्यपि, मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने भन्ने विषयमा भने सहमति जुट्न बाँकी रहेको छ, र जनमत संसदीय दलका नेता यादवले बताएका छन् ।