चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा आज शनिबार बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा दुर्घटनामा परेका छन् । काठमाडौँबाट आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिन तर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक आज ठोकिएर दुर्घटना हुदाँ एक जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।