




सशस्त्र प्रहरी पर्सा प्रमुख एसपी पुरन चन्द भट्टद्वारा विपन्न गरिब परिवारलाई कपडा वितरण गरेको छन् ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हे.क्वा. पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले
पर्साका पकाहामैनपुर गाउँपालिका–४ लहावरथकरीमा सशस्त्र प्रहरीले गरेको आयोजित एक कार्यक्रममा एसपी बोल्दै सिमाको सुरक्षा सिमावासीको सक्रिय सहकार्यबिना अधुरो रहने स्पष्ट पारेका छन् ।
सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार सशस्त्र प्रहरी बलले सिमावासीसँग सुमधुर सम्बन्ध कायम गर्दै आएको बताएका छन् । यसै माध्यमबाट सिमावासीको समस्या सम्बोधन गर्न, आपसी विश्वास बढाउन र सिमामा हुने असामाजिक गतिविधि नियन्त्रणमा प्रभावकारी योगदान पुर्याउन सशस्त्र प्रहरी निरन्तर प्रतिबद्ध रहेको उनले बताए ।
दशैँको अवसर पारेर गरिएको उक्त कार्यक्रममा एसपी भट्टले सिमावर्ती क्षेत्रका विपन्न तथा गरिब परिवारलाई नयाँ कपडा वितरण गरे । उनले दशैँलाई सबै नेपालीको साझा चाड बताउँदै भने, “दशैँमा सबैको चाहना हुन्छ—नयाँ कपडा लगाउने, मिठो परिकार खाने ।
तर विपन्न र गरिब परिवारका लागि त्यो चाहना पूरा हुन गाह्रो हुन्छ । सशस्त्र प्रहरी बलले गरेको यो सानो पहलले कम्तीमा पनि उनीहरूले दशैँको रमाइलो महशुस गर्न सकून् भन्ने हाम्रो उद्देश्य रहेको बताएका छन् ।