कलैया । बारामा केही दिन यता संगठित रूपमा तस्करी भैरहेको छ भन्ने कुरा एउटा पक्राउ प्रकरणले पुष्टि गरेको छ। गत ११ गते राति एक पिकअप तस्करीको कपडा बरामद भए पछि यो पुष्टि भएको हो । भारतीय नागरिक भए पनि नेपालकाे सिम्राैनगढमा पसल खाेलेर देखावटी रूपमा व्यवसाय गरेपनि मुख्य पेशाकाे रूपमा तस्करी गर्दै आइसकेका अरबिन्द साहले तस्करी गरेर ल्याएको सामान पक्राउ परेपछि यो तथ्य उजागर भएको हो ।
बाराको तस्करीकाे नाका काेतवालीबाट भरियाहरू प्रयोग गरेर कपडा बाेकाएर अरबिन्दले गाउँमा गाेदाम गर्दै आएका थिए । जब धेरै कपडा जम्मा हुन्छ जब उनले पिकअप प्रयोग गरेर अन्यत्र पठाउने गर्दथे । नेपाल भारत सीमाबाट निजगढ सम्म तस्करीको कपडा पुर्याउने जिम्मेवारी लिएका यी भारतीय नागरिक अरबिन्दले त्यस बापत ठूलो भाग पाउने गर्दथे । कपडाको लगानी कर्ता भने भारतीय व्यापारी भएको पनि खुलेको छ।
अरबिन्दले यसरी तस्करी गरेको थाहा पाएपछि केही दलालहरूले तस्करीकाे साझेदार बनाउन उनलाई दबाब मात्रै दिएनन् कि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे एसपीहरू म मिलाउंछु भनी माेटाे रकम माग्न थालेछन् । अरबिन्दले आफ्नो एक साझेदारलाई भने अनुसार ती दलालले नेपाल प्रहरीकाे एसपीकाे भाग भनेर रकम पनि लगेका रहेछन् । त्यसपछि सशस्त्रका एसपीलाई म आंफै दिन्छु भनेपछि ती दलालले एकातिर साझेदार नबनाएकाे र अर्कोतर्फ सशस्त्रको एसपीकाे भाग आफू मार्फत नदिएको झाेकमा उक्त सामान पक्राउ गर्न लगाएको समेत खुलेको छ । तस्करीकाे कपडा , एउटा पिकअप गाडी र दुई जना अहिले भन्सार स्थित थुनामा रहेका छन् । अरबिन्दले उक्त गाडी भांडामा लिएर प्रयोग गरेको पनि खुलेको छ । यसरी बारामा दुबै प्रहरी मिलाई दिन्छु भन्दै तस्कर देखि व्यापारी सम्मलाई साझेदार माग्ने र नभए सेटिङ मिलाई दिन्छु भन्दै ठूलो रकम लिने घटना बढिरहेका छन् ।
नव जनप्रहारबाट