नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंले पटक–पटक दर्बन्दी भएको स्थानमा प्रहरी खटाउन पत्राचार गरेको ता भए पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माले उल्टै संरक्षण गर्दै आएको र नाम मात्रको अस्थायी प्रहरी चौकी जमुनियामा स्थापना गरेका र त्यहाँ औपचारिक रूपमा प्रहरी खटाइएको भए पनि वास्तविक भनेको घुमुवाका काम गर्दै महोत्तरीका जिल्लाभरी प्रहरी सहायक निरीक्षक र प्रहरी सहायक हवलदारले गरिरहेका छन् । ई दुई जना घुमुवा वर्षो वर्षदेखि महोत्तरी जिल्लामा घुमुवाका काम गर्दै आएको जो कोहीलाई पनि थाह छ ।
अस्थायी प्रहरी चौकी पर्सामा नामको इन्चार्ज देखाइए पनि असई संजय पासवान र सहायक हवल्दार धर्मेन्द्र यादव जमुनियाबाटै घुमुवा प्रहरीको रूपमा सक्रिय रहेको महोत्तरीका स्थानीयले बताउँछन् ।