Friday, October 10, 2025

सिरहाको गोलबजारमा सरकारी अनुदानमा वितरण हुने मल अवैध रूपमा लुकाएर राखेको भेटिएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ ढोहटिया स्थित जितन सहनीको घरमा सोमवार छापा मार्दा ४० बोरा अनुदानित युरिया र डिएपी मल बरामद गरेको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार इलाका प्रशासन कार्यालय लहानका प्रशासन अधिकृत सन्तोष राय लगायतको टोलीले मल बरामद गरेको हो । यसअघि असोज ८ गते गोलबजारकै न्यु कुशवाहा वीज भण्डारबाट १५४ बोरा अनुदानित मल बरामद भएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत सहकारी संस्थाबाट किसानलाई वितरण हुने मल व्यापारीहरूले कालोबजारीमार्फत खरिद गरी दोब्बर मूल्यमा बेच्दै आएको किसानहरूको गुनासोका आधारमा छापा मारिएको टोलीले जनाएको छ । सहनीको घरमा मल भेटिए पनि त्यसको स्वामित्व कसको भन्ने स्पष्ट हुन बाँकी रहेको प्रशासनले जनाएको छ । कारबाहीका क्रममा उक्त घरमा कोही नभएकाले प्रशासनले घरमा ताल्चा लगाएर सात दिनभित्र सम्पर्कमा आउन घरधनीलाई निर्देशन दिएको छ । अनुगमन टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोलबजार नगरपालिका वडा न-६ का अध्यक्ष संजित लामाको सहभागिता रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles