Thursday, October 9, 2025

सूचना विपरीत बीरगज भन्सार महानवमीमा पनि शाखा बन्द,सेवाग्राही निराश:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज १५ नुर आलम
भन्सार विभागले यस वर्षको दशैं बिदा सम्बन्धी जारी गरेको सूचनाअनुसार नेपालभरका भन्सार शाखाहरू केवल विजया दशमी (अष्टमीपछिको दशौं दिन) मा मात्र बन्द हुने उल्लेख गरिएको थियो । तर, व्यवहारमा भने महानवमीकै दिन विभिन्न भन्सार शाखा पूर्ण रूपमा सुनसान देखिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयसहितका शाखाहरूमा सोमबार बिहानैदेखि सेवा लिन आएका व्यावसायी र सर्वसाधारण कर्मचारी उपस्थित नभएपछि निराश बनेका छन् । सूचनामा स्पष्ट रूपमा “विजया दशमीको दिन मात्र कार्यालय बन्द रहने” भनिए पनि महानवमीको दिनै कार्यालय बन्द हुँदा सेवाग्राहीहरू ठगिएको महसुस गरिरहेका छन् ।

व्यावसायीहरूका अनुसार यसरी पूर्वसूचना विपरीत कार्यालय बन्द हुँदा आयात–निर्यात प्रक्रियामा ढिलाइ हुने, भन्सार महसुल बुझाउन कठिनाइ हुने र ढुवानी व्यवसायमा प्रत्यक्ष असर पर्ने देखिएको छ । दशैंको भीडभाडकै समयमा यसले व्यापारीलाई थप आर्थिक क्षति पु¥याउने उनीहरूको गुनासो छ ।

स्थानीय सेवाग्राही सागिर मियाँ भन्छन्, “विभागले बिदा केवल दशमीमा मात्र भन्ने सूचना दिएको थियो, तर आज महानवमीमै कार्यालय बन्द हुँदा हामी अलमलमा प¥यौं । यो पूर्ण रूपमा गैरजिम्मेवार प्रवृत्ति हो ।”

यस्तै अर्को व्यापारीले भने, “दशैंमा लामो समयसम्म बन्द हुने डरले हामीले सामान ल्याउने तालिका मिलाएका थियौं । तर सूचना अनुसार काम हुने अपेक्षा गर्दा महानवमीमै कार्यालय बन्द भएपछि ठूलो समस्या भएको छ ।”

यस विषयमा भन्सार विभागको आधिकारिक प्रतिक्रिया अझै आएको छैन । तर, सेवाग्राहीहरू भने सार्वजनिक सूचनाअनुसार नै कार्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै अनियमितता अन्त्य गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles