

पर्सा प्रहरीले गोल्डेन हत्याको आरोपमा खुँखार समूहका ५ जना हत्यारालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगञ्जमा भएको गोल्डेन कानु भन्ने युवकको हत्या संलग्नमा रहेका पाँच जना आरोपीलाई पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा रहेको प्रहरीको विशेष टोलीले पाँच जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । घटनाको विवरण
२०८२ असोज १४ गते मंगलबार राति करिब १२.३० बजे को समयमा पर्साका वीरगञ्ज महानगरपालिका–१० गीता मन्दिर नजिक अपरिचित व्यक्तिहरूबीच झगडा र कुटपिट हुँदा गोल्डेन भनेर चिनिने २४ वर्षीय युवक घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि बिरगञजको नारायणी अस्पताल लगिएको थियो। तर, राति १२.५० बजे डाक्टरले मृत घोषणा गरेका हो । पर्साका प्रहरीलाई टेलिफोनमार्फत घटनाको जानकारी भएपछि प्रहरी उपरीक्षक पाठकको कमाण्डमा विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा ३२ जनाको टोली खटिएको जनाइएको छ ।
प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर पोस्टमार्टमपछि मृतकको शव उनका बुवा राजन साह कानुलाई जिम्मा दिएको पर्साका प्रहरीले जनाएको छ ।
मृतको पृष्ठभूमि बारा जिल्ला परवानीपुर गाउँपालिका–९ का मूल घर भई हाल वीरगञ्ज महानगरपालिका –१० बसोबास गर्दै आएका २० वर्षीय शिवम साह कानु, जो गोल्डेन नामले परिचित रहेको थिए, गहवामाई मेला हेर्न भनी घरबाट निस्केका कानु मेलामा पुगेपछि उनी केही युवकहरूसँग विवादमा परेका थिए, पर्सा प्रहरीका अनुसार, मृतक र उक्त समूहबीच विगतमा समेत बारम्बार झगडा हुँदै आएको थियो। सोही रिसइबीका कारण मौका छोपेर विपक्षी समूहले गोल्डेनलाई हात, मुक्का र बाँसका भाठ्ठाले कुटपिट गरी गम्भीर घाइते बनाएका रहे छन् । पर्सा प्रहरीद्वारा पक्राउ परेकाहरु पर्सा जिल्लाका बिरगञज महानगरपालिका गौतम पटेल, १९ वर्ष, पर्सा वीरगञ्ज–२४, रामगढवाका सुभांकर चौरसिया, २० वर्ष, वीरगञ्ज–२४, रामगढवाका अमिरी पटेल (करण प्रसाद पटेल), २२ वर्ष, वीरगञ्ज–२४, रामगढवाका चन्दन चौरसिया, २४ वर्ष, वीरगञ्ज–२४, रामगढवाका अमन पटवा, १९ वर्ष, वीरगञ्ज–२४, रामगढवाकै उनीहरूलाई वीरगञ्ज र भारत सिमाना नजिकैको भिष्वा भन्ने स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक एसपीले जानकारी दिएका छन् ।