पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकले शान्ति सुरक्षा कायम गर्न ४९ जनालाई पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका नव नियुक्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जिल्लामा शान्ति सुरक्षा चुस्त–दुरुस्त राख्ने उद्देश्यले एकै दिनमा ठूलो कारबाही गरेका छन् । पर्सा प्रहरी प्रमुखका अनुसार पर्सा प्रहरीले स्विप अपरेसनमार्फत विभिन्न स्थानबाट ४९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूलाई प्रारम्भिक रूपमा संकास्पद गतिविधि, अवैध कारोबार तथा अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको बताएका छन् । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी पर्साका प्रहरी हिरासतमा राखी स्क्रिनिङ चेकिङ भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले पनि जानकारी दिएका छन् । उनका अनुसार अपराधमा संलग्न नभएका व्यक्ति भोलिसम्म रिहा गरिनेछ भने, संलग्न प्रमाणित भएकाहरूमाथि कानुन बमोजिमको कारबाही अगाडि बढाइनेछ ।
एसपी पाठकले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र आम नागरिकको जनधनको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।उनका अनुसार, वडा प्रहरी कार्यालय बिर्ता, पोखरिया लगायत ग्रामीण भेगका विभिन्न युनिटहरूले समेत अपरेसनमा सहभागिता रहेको जनाएका छन् ।
पर्सा जिल्लामा अपराध बढदै गएकाले नियन्त्रण संवेदनशील जिल्ला भएकाले शान्ति सुरक्षा सुनिश्चित गर्न प्रहरी उच्च सतर्कताका साथ खटिएको जनाइएको छ,एसपी पाठकले भने, अपराध र अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कठोर कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।
यस कारबाहीलाई आम नागरिकहरूले स्वागत गर्दै जिल्लामा सुरक्षा संयन्त्र सक्रिय र प्रभावकारी बन्दै गएको पर्साका प्रहरी प्रमुख बताएका छन् ।