Thursday, October 9, 2025

इतिहासमै पहिलो पटक मुस्ताङ भन्सारमा दुई अर्ब भन्दा बढि राजस्व सङ्कलन:-

ताजा / भरखरै प्राप्त

नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले १४ दिनको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म
उक्त राजस्व सङ्कलन गरेको हो ।
यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको राजश्व कार्यालयले जनाएको छ । त्यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।यसअघि त्यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाखमै सीमित
रहन्थ्यो ।
यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो । सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको बताइएको छ ।सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles