Thursday, October 9, 2025

गृहमन्त्री अर्यालज्यूद्वारा विपद् व्यवस्थापन तयारी निरीक्षण तथा निर्देशन:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२ असोज १७ गते शुक्रवार, दिउँसो २ बजेको समयमा माननीय गृह मन्त्री श्री ओम प्रकाश अर्यालज्यूद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको अवलोकन भ्रमण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई मनसुन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी महत्वपुर्ण निर्देशन भएको छ ।

उक्त निरीक्षण भ्रमणमा उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दान बहादुर कार्की ज्यू, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री सिद्वी बिक्रम शाहज्यूको उपस्थिति रहेको थियो ।
अवलोकन भ्रमणको क्रममा गृह मन्त्रीज्युबाट नेपाल प्रहरीले विपद् पुर्वतयारी र प्रतिकार्य क्षमताको अवलोकन गर्नुका साथै निम्न विषयहरूको निरीक्षण गर्नुभयोः

  • विपद व्यवस्थापन कार्यालयमा रहेका विपद् राहत तथा उद्धार सामग्री
  • Heavy Equipment’s
  • नियमित र मनसुन लक्षित विशेष प्रहरी विपद् प्रतिकार्य टोलीहरू (QRTs)
  • विशिष्टीकृत विपद् उद्धार टोलीहरू
  • भत्केका संरचना खोज तथा उद्धार (CSSR), प्राथमिक उपचार (MFR) तथा आगलागी नियन्त्रण गर्न प्रहरी उद्धारकर्ताले गरेको नमुना उद्धारको डेमोस्ट्रेशन समेत अवलोकन गर्नुभयो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईज्यूबाट स्वागत मन्तव्य एवम् कार्यालयको विपद् तयारी र प्रतिकार्य सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा माननीय गृह मन्त्री ओम प्रकाश अर्यालज्यूले नेपाल प्रहरीको विपद् तयारी प्रति सन्तोष व्यक्त गर्दै नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न गृह मन्त्रालय गम्भीर रहेको जानकारी गराउनुका साथै नेपाल प्रहरीले विपद् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रमको अन्तमा कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले गृह मन्त्रीज्यूबाट भएका निर्देशन कार्यान्वयनको प्रतिबद्वता सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
विपद् व्यवस्थापन कार्यालय, सामाखुशी समुदायको सुरक्षा तथा विपद् प्रतिकार्यमा सधैं तत्पर छ ।

नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles