Thursday, October 9, 2025

आईजीपीले लगाइदिए प्रहरी कर्मचारीहरुलाई दसैंको टीका:-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)चन्द्रकुबेर खापुङले बडादसैं २०८२ को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारी, पूर्व प्रहरी तथा उनहरूका परिवारजनलाई टीका तथा जमरा लगाइदिनुभएका छन् ।आज शुक्रबार प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा आयोजित एक विशेष कार्यक्रममा उनले उपस्थित भएका सबैलाई सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना प्रदान गरेका छन् ।
टीका ग्रहण कार्यक्रम आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म चलेको बताइएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङले टीका लगाइदिएका थिए भने उनकी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङले उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन्।उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पूर्व प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी अधिकृत एवं जवानहरूका सपरिवारहरु पनि सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले एकआपसमा विजया दशमीको शुभकामना आदानप्रदान गर्दै खुसियाली साटासाट गरेका बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles