Thursday, October 9, 2025

चितवन, धादिङ र तनहुँमा पनि राति यात्रा नगर्न अपिल:-

ताजा / भरखरै प्राप्त

चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई राति यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् ।
सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढु‌ङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ ।

तथापि, जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन, धादिङ र तनहुँमा पनि रातिमा यात्रा नगर्न अपिल गरिएको हो ।भारी वर्षा हुने पूर्वानुमान गरिएको समय असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नु पर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्न भनिएको छ ।
प्रशासनले रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिन समेत अनुरोध गरिएको हो ।पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरूमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकोले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रहन भनिएको छ ।
नव जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles