Thursday, October 9, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा बडा दशैको शुभ अवसरमा बिपन्न परिवारसंग बिभिन्न कार्यक्रम संचालन :-

ताजा / भरखरै प्राप्त

मिति २०८२।०६।१६ गते जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ पशुपतिनगर स्थित दलित बस्तिमा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तरर्गत स.प्र.बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साको आयोजनामा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यमा ऐ. टोलमा बसोबास गर्ने बिपन्न वर्ग तथा दलित समुदायका ५० जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ६ वटा कपि र १० बटा पेन्सिलका दरले ३०० वटा कपि र ५०० वटा पेन्सिल तथा ३३ घरधुरीका प्रत्येक अभिभावकहरुलाई १/१ वटाका दरले बाल्टिन, जग, पिउस, जीवनजल तथा साबुन बितरण गर्नुका साथै हात धुने उपाय समेत सिकाई उक्त टोलमा बसोबास गर्ने बिपन्न वर्ग तथा दलित समुदायका अन्दाजी २५० जना स्थानियहरुलाई सामुहिक खाजा खुवाउनुको साथै सो समुदायका बृद्धाहरुबाट टिका जमरा ग्रहण गर्ने बालबालिकाहरुलाई टिका लगाउने कार्यक्रम समेत गरिएको थियो साथै सो कार्यक्रममा नं.१३ गण हे.क्वा.पर्साका गणपति स.प्र.उ. पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति स.प्र.ना.उ. पुरुषोत्तम भण्डारी, बि.ओ.पि.प्रमुखहरु, वीरगंज म.न.पा.-१६ का वडाध्यक्ष श्री पर्शुराम चौरसिया, प्रहरी चौकी ईनर्वाबाट प्र.स.नि. राजकुमार राय यादव, संचारकर्मीहरु, स्थानिय भद्रभलादमीहरु तथा स्थानिय बासीहरु लगायत अन्दाजी ३०० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सुचना अधिकारी
सुरज कार्की
सशस्त्र प्रहरी नायव उपरिक्षक

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles