नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीप लामिछानेले खेल नखेल्ने भनेपछि युनिटी कप अन्तर्गत अन्तिम २ खेलका लागि क्यानले उनलाई निलम्बन गरेको थियो । पहिलो खेलपछि सन्दीपले नखेलेको विषयमा प्रशिक्षक स्टुवार्ट लले व्यक्तिगत कारण भनेका थिए।
शारजाहमा सिरिज खेलेर अक्टोबर ८ देखि सुरु हुने टि ट्वान्टी विश्व कप छनोटका लागि सन्दीपसहित १६ सदस्यीय नेपाली क्रिकेट टोली बुधवार नै ओमान गइसकेको छ ।
यसअघि विश्व कप खेल्ने १५ सदस्यीय टोलीमा सन्दीप रहने वा नरहने विषय विज्ञप्तिमा उल्लेख गरिएको थिएन । आज क्यानले सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । जसमा सन्दीपको पनि नाम उल्लेख रहेको छ ।