Thursday, October 9, 2025

२०८२-०६-१७, गते-सझ ६ बजेको समय सम्म ।

ताजा / भरखरै प्राप्त


१) आज शूक्रवार साझ ६ बजे सम्मको देशका सवै प्रमुख नदीहरुमा जलसतह सामान्य र स्थिर रहेको बताइएको छ ।
२) भोली शनिवार दिउँसो सम्म सवै प्रमुख नदीहरुमा अवस्था सामान्य नै रहने भएको बताइन्छ ।
३) भोली दिउँसो देखि मधेसको, बागमती, गण्डकी र लुम्विनी प्रदेशको क्षेत्रमा वर्षा शुरु भई नदीहरुमा बहाब बढ्न शुरु हुने भएको जनाइएको छ ।
४) भोली (शनिवार) राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ ।
५) पर्सि आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने छ ।
६) आइतबार राती देखि प्रणाली विस्तारै पूर्वतर्फ सर्दै जाने र कोसी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने रहेको छ ।
७) उल्लेखित पूर्वानुमान अनुसार बाढी र डुवान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरुमा उच्च सतर्कता आवश्यक छ ।
८) विभागले हरेक ६-६ घण्टामा बाढी पूर्वानुमान र पूर्वसूचना संबन्धि जानकारी अपडेट गर्दै जानेछ, जनाएको छ ।

भारतको गोरखपुरबाट डिग्री पास ?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles