Thursday, October 9, 2025

गाईघाट झरना नजिकै पिकअप जीप दुर्घटना:-

ताजा / भरखरै प्राप्त

ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ मा जाँदै गरेको ग १ ज ६१०० नम्वरको पिकअप जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षिय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षिय मिलन परियार, ४३ वर्षिय बिरवल परियार र २६ वर्षिय दिनेश थापा घाईते भएका छन् ।
घाईते मध्ये २६ वर्षिय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाईते परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको जनाएको छ ।
जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको बताइएको छ ।
घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles